Below Menu
Below Menu

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति?

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने छ।

Advertisment

थप समाचार