काठमाडौं : नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआइसी एसिया क्यापिटलका रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सोमबार सम्पन्न वार्षिक साधारणसभाले रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकका मनीषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका निर्मल भट्टराई र कोषाध्यक्षमा एनआइएमबि एस क्यापिटलका शिवान्तबहादुर पाण्डे चयन भएका छन् ।
साथै, कार्यसमिति सदस्यमा सन्दीप कार्की (सिद्धार्थ क्यापिटल), लेखनाथ पोखरेल (नेपाल एसबिआई मर्चेन्ट) र पुष्पा शर्मा (कुमारी क्यापिटल) रहेका छन् ।
विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधि सामेलसमेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरू नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
समितिको मुख्य ध्यान पुँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहने बताइएको छ ।
नवनिर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवाला र नियामक निकायसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।
Advertisment