Below Menu
Below Menu

आईपीओ निष्कासनको प्रस्तावसहित नुम्बुर हिमालयन हाइड्रोपावरले डाक्यो साधारणसभा 

आईपीओ निष्कासनको प्रस्तावसहित नुम्बुर हिमालयन हाइड्रोपावरले डाक्यो साधारणसभा 

काठमाडौं : नुम्बुर हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले आईपीओ निष्कासनका लागि र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरिक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । 

Advertisment

थप समाचार