Below Menu
Below Menu

माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको करिब १२ लाख कित्ता शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको करिब १२ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको करिब १२ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ । माछापुच्छ्रे बैंक, लुक्बिनी विकास बैंक र सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको ११ लाख ७४ हजार २१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो । 

यी चार कम्पनीहरुले विद्यमान संस्थापक शेयर धनी र अन्य व्यीक्त तथा संस्थाले समेत खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएका हुन् । माछापुच्छ्रे बैंकले ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

त्यस्तै लुम्बिनी विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको जम्मा १५ हजार ८ सय १२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई यस बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ 

सानिमा जीआईसी इन्स्योरेन्सले ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको भएको छ। कम्पनीको संस्थापक समूहको ११ लाख ३ हजार ४०५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

लिलामीमा राखिने शेयरमा हाल कायम संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका बोलपत्र पेस गर्न पाउनेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ५ गते तोकिएको छ। 

कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम ७ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा पेस गर्न सकिनेछ।

तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरीदको कुनै पनि आवेदन नपरेको प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थामा शेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


 

Advertisment

थप समाचार