काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
असोज ११ र १२ गचे मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढी-पहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले उक्त रकम सहयोग गरेको हो ।
बाढी-पहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम बैंकले दुःख व्यक्त गर्दै पीडितहरुको तत्काल राहत सहयोगार्थ उक्त रकम सहयोग गरेको हो ।
Advertisment