काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र तीन अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक २० गते, ९१ दिन अवधिको ट्रेजरी पुस २३ गते र ३६४ दिन अवधिको ट्रेजरी चैत २१ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि गत असोज १३ गते कार्यालयले १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment