काठमाडौं : चाडपर्व र विदाको समयमा विदेशी मात्रै नभएर नेपालीहरु पनि घुम्न जाने सङख्या बढेको छ । सरकारले आगामी तीन महिनापछि सन् २०२० मा बार्षिक २० लाख पर्यटन भित्रयाउने लक्ष्यसाथ नेपाल भ्रमण बर्ष मनाउने तयारी गरेको छ ।
विदेशी पर्यटन मात्र नभएर आन्तरिक पर्यटनका लागि पनि सरकारले प्रोत्साहन गरेको छ । यसै सन्दर्भमा दशैको लामो विदामा घरवपरिवार, साथीभाइहरुसँग घुम्न काहाँ जाने भन्ने अनयौल छ भने तपाइको लागि यी ठाउँहरु उपयुक्त हुन सक्छन् ।
पाथीभरा दर्शन : ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध तिर्थस्थल हो । विभिन्न स्थानहरुको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बसोबास गर्ने । अन्तु डाँडाँबाट ६ घन्टाको सवारीमा यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ सो दिन सोही स्थानमा बस्ने । ताप्लेजुङ बजार क्षेत्र, पाथिभरा मन्दिर क्षेत्रको दर्शन पछि सो दिन ताप्लेजुङमानै बस्ने ।
जिरी : नेपालको स्विजरल्यान्ड भनेर चिनिने दोलखा जिरी राजधानीबाट करिब दुई सय किलोमिटर टाढा रहेको जिरी पुगेपछि बेग्लै अनुभूति हुन्छ । जिरी बजार कुनै सयमा सगरमाथाको प्रवेशद्धारका रुपमा परिचित थियो । काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पुग्न सकिन्छ ।

पोखरा : पर्यटकीय नगरी पोखरा दशै बिदामा घुम्न जानेहरुका उपयुक्त गन्तव्य हो । पोखरामा घुमफिरका लागि गुप्तेश्वर गुफा, चमेरी गुफा,बेगनाथ ताल लगायतका मनमोहक ठाँउहरु रहेका छन् । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । साराङकोट यहाँको आर्को आकर्षण हो । यहाँबाट माछापुच्छ्रे हिमाल पनि देखिन्छ ।

जनकपुरधाम : ऐतिहासिक मन्दिर विश्वभरका हिन्दुहरुको लागि चर्चितमा रहेको मन्दिर हो । जसमा बोर्डले तीन दिने प्याकेज सार्वजनिक गरेको छ । जनकपुर पुगेपछि आधा दिन जानकी मन्दिर, राममन्दीर, विवाह मन्डप लगायतका क्षेत्रको अवलोकन गर्न सकिन्छ । धनुस धामकाे पुजा, त्यसपछि सिताकाे बिवाह भएकाे क्षेत्र लगायतका ऐतिहासिक क्षेत्रकाे अवलाेकन गर्न सकिन्छ ।
सौराहा : नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो, चितवनको सौराहा । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित छ । यहाँको प्रमुख आकर्षण भनेको हात्ती मार्फत जंगल सफारी गर्नु हो ।
राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर देखिन्छन् । यसको अलावा यहाँ थारु संस्कृतिसमेत अवलोकन गर्न सकिन्छ । सौराहामा करिब ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइनेछ । दसैँ तथा आन्तरिक पर्यटकीय भ्रमणका लागि सौराहा उत्तम गन्तव्य हुन सक्छ ।

घान्द्रुक : अन्नपूर्ण पदमार्गका क्रममा पर्ने स्थल हो– घान्द्रुक । यहाँको प्राकृतिक सौन्दर्यले आगन्तुकको मन सजिलै लोभ्याँउछ । मेश्रमवराहा, तौजीवराहा, ङयोवराहा ताल याहाँको थप आर्कषण हुन् । यहाँबाट माछापुच्छ्रे अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

तिलिचो : मनाङमा रहेको ताल विभिन्न पर्यटकीय गन्तव्यहरु मध्येको एक हो । उच्च स्थानमा रहेको यस ताल र यहाँको प्राकृतिक सौन्दर्यता हेर्न स्वेदेशी पर्यटकहरु घम्न जान्छन् ।पर्यटकले यस क्षेत्रबाट तिलिचो ताल र अन्नपूर्ण हिमश्रृङखलाको सौन्दर्यलाई नजिकबाट नियालन सकिन्छ ।

लुम्बिनी : गौतम बुद्धको जन्मस्थान समेत रहेको लुम्बिनी घुम्न आउने मानिसहरुको भीड लाग्ने गरेको छ । श्रीलङका, माल्दिभस्, थाइल्यानड लगायतका देशमा रहेका बौद्धमार्गीको रोजाएमा लुम्बिनी पर्ने गरेको छ । पछिल्लाे समय विदेशी मात्र हाेइन नेपालीकाे पिन बाक्लाे उपस्थिति देखिन थालेकाे छ । काठमाडौंबाट हवाई तथा बस मार्फत लुम्बिनी पुग्न सकिन्छ ।

सगरमाथा : पर्यटकहरुका लागि सगरमाथा एक प्रमुख गन्तव्यको रुपमा रहेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, पदयात्रामा बर्सेनी हजारौंको सङख्यामा पर्यटकको आगमन हुन्छ । समुन्द्र सतहदेखि ५ हजार ५५५ मिटर उचाइमा रहेको कालापत्थर सगरमाथालाई नजिकबाट नियाल्न सकिने उपयुक्त स्थल तथा पदमार्ग हो । पूरै हिमाल आरोहण नगरेपनि आधार शिविर पुग्ने मानिसको धोको हुन्छ । काठमाडौंदेखि लुक्लासम्म हवाई र त्यसपछि पैदल यात्रा गरेर यस क्षेत्रमा पुग्न सकिन्छ ।

घलेगाँउ : पछिल्लो समय लमजुङको घलेगाँउ पर्यटनका लागि प्रसिद्ध बन्दै आएको छ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका अनि आँखैअगाडी देखिने सेता हिमश्रृङखलाहरु, बार्है महिना चिसो मौसम, पुर्ख्याैली लवज अनि आफ्नै मातृभाषा सामान्य कुराकानीले सबैलाई आकर्षण गरेको छ ।
