काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १२ गते साधारणसभा बोलाएको छ । बैकले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ९ बजे सभा अमृतभोग, कालिनाथ, डिल्लीबजार, काठमाडौंमा हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुलाई एकआपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्ने, र प्रबन्धपत्र तथा वियमावली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने,लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैकले असोज २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
Advertisment