काठमाडौं : एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आइतबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस शेयर र र सोका कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साथै सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागि श्री एन अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
Advertisment