काठमाडौं : नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। एका सूचना जारी गर्दै राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारिण गरिएको जनाएको हो।
राष्ट्र बैंकको टक्सार महाशाखाले सुनचाँदी तथा अन्य धातु खरिद टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णय अनुसार एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो ।
राष्ट्र बैंकले यसअघि ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको केन्द्रीय बैंकले अब सो सिक्काको मूल्य ७ हजार ८५० रुपैयाँ तोकेको छ ।

Advertisment