Below Menu
Below Menu

अब वालेटमा एक दिनमा तीस पटकसम्म रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले बढायो सीमा 

अब वालेटमा एक दिनमा तीस पटकसम्म रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले बढायो सीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लार्य अस्थायी रुपमा वृद्धि गरेको छ । राष्ट्र बैंकले दशैँ लगायतका चाडपर्वका लागि यो सुविधा दिएको हो ।

राष्ट्र बैंकले दशैँको अवसरमा असोज २१ गतेदेखि कात्तिक १ गते कोजाग्रत पूर्णिमाको दिनसम्म र शुभ दिपाववली तथा छठ पर्वको अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो । 

यसका साथै राष्ट्र बैंकले उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम भुक्तानी प्रणाली विभागमा जानकारी गराउन समेत भनेको छ । 

भुक्तानी प्रणालीसम्बनत्री एकीकृत निर्देशन अनुसार यसअघि एकदिनमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । 

Advertisment

थप समाचार