Below Menu
Below Menu

दसैँमा दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँः राष्ट्र बैंक 

दसैँमा दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँमा दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सुझाव दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै दसैँका बेला बैंक नोटको जतन गर्न आग्रह गरेको हो । 

सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ। सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सकिने राष्ट्र बैंकको भनाइ छ।

‘नोटहरु जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ । नोट हाम्रो सभ्यताको पहिचान पनि भएकोले यसलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो’, जारी सूचनामा भनिएको छ । 

यसका साथै दसैँमा देवीको प्रसादका रुपमा टीका, जमरासँगै दक्षिणाका लागि नोट प्रयोग गर्दा त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

‘दसैँ हर्षोल्लासका साथ मनाउँदै गर्दा नोटको जतनका साथ प्रयोग गर्न नभुलौँ र दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरौँ’, राष्ट्र बैंकले भनेको छ।

Advertisment