Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अकंको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

शेयर बजारमा दोहोरो अकंको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब नौं करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मिड सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पानीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार