काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले भोलि मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गर्ने भएका छन्। समुद्घाटन समारोह प्रधानमन्त्री निवास बालुवाटारमा भोलि दिनको ३ बजे हुनेछ।
आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मानवसेवा आश्रमले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्न लागेको हो ।
यसअघि ३ वटा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न भइसकेको छ । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ७५८ जना र अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ३०४ जनाको उद्धार भएको थियो।
यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ५० जना यात्रीहरू रहनेछन् ।३२ दिनसम्म चल्ने यो यात्रामा यात्रीहरू असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म कोशी प्रदेशका सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षि बेसाहारा असहाय अशक्त अनाथ अभिभावकविहीनहरूको उद्धार र सेवामा खटिनेछन्।
कोशी प्रदेशमा उद्धार भएकाहरूलाई मानवसेवा आश्रम विराटनगर शाखामा गृह प्रवेश गराई यात्रीहरू मधेस प्रदेशको सप्तरी राजविराज पुग्नेछन् ।
Advertisment