Below Menu
Below Menu

दश हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

दश हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : यो वर्षको लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू लाभांश घोषणा गरिरहेका छन् । हालसम्म दश हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये दश कम्पनीले गत वर्ष आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गर्ने कम्पनीहरुमा माण्डु हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट, सुपरमाइ हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, साहस उर्जा, मन्दाकिनी  हाइड्रोपावर, अपि पावर कम्पनी, सुपर मादी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । 

उक्त कम्पनीहरुले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् । जसमध्ये रु रु जलविद्युत परियोजनाले सबैभन्दा बढी १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

माण्डु हाइड्रोपावर कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । त्यस्तै भगवति हाइड्रोपावर कम्पनीले ४ प्रतिशत बोनस र १०.७३६८ प्रतिशत नगदर गरी १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ ।

त्यसैगरी सुपरमाइ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै रुरु जलविद्युत परियोजनाले बोनस र नगद गरी  कुल १५.७८९ प्रतिशत लाभांश दिने भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट साहस ऊर्जाले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यसैगरी मन्दाकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ भने अपि पावर कम्पनीले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश घोषणा गरेको सुपर मादी हाइड्रोपावरले गत आवको मुनापाmबाट ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिइडिबी हाइड्रोपावर डेभलपमेन्टले ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । 

Advertisment

थप समाचार