काठमाडौं : प्रभु बैंक लिमिटेडले साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ६९ हजार ८५ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्था समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले १५ दिन भित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
Advertisment