काठमाडौं : प्रभु बैंक लिमिटेडले पौने ३ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको दुई लाख ८२ हजार ६१९ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिदका लागि इच्छ्ुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
Advertisment