Below Menu
Below Menu

दुई दशमलव ९७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले उठायो करिब आठ खर्ब तरलता 

दुई दशमलव ९७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले उठायो करिब आठ खर्ब तरलता 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले सस्तो ब्याजदरमा तीन महिनामै करिब आठ खर्ब तरलता उठाएको छ । राष्ट्र बैंकले कात्तिक १ गतेसम्म औसत २.९७ प्रतिशत ब्याजदरमा सात खर्ब ७६ अर्ब २० करोड रुपैयाँ निक्षेप उठाएको हो । 

केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणका माध्यममार्फत २१ दिने अवधिका लागि १३ पटक, १४ दिन अवधिका लागि दुई पटक, सात दिनका लागि दुई पटक, दुईदिन र १३ दिनका लागि एक/एक पटक गरी  गरी १० खर्ब पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप आह्वान गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले सात खर्ब ७६ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र निक्षेप सङ्कलन बोलपत्र खरिद गरेका हुन् ।

राष्ट्र बैंकले न्यूनतम २.८८३३ प्रतिशतदेखि अधिकतम २.९९९९ प्रतिशतसम्मको ब्याजदरमा बजारबाट निक्षेप उठाएको हो । जबकि बैंक तथा वित्तीय संस्थाहरूको औसत निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।

Advertisment