Below Menu
Below Menu

वाणिज्य बैंकहरुले कमाए दुई महिनामा साढे १७ अर्ब नाफा, अर्ब क्लबमा पाँच बैंक 

वाणिज्य बैंकहरुले कमाए दुई महिनामा साढे १७ अर्ब नाफा, अर्ब क्लबमा पाँच बैंक 


काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुइई महिनामा साढे १७ अर्ब रुपैयाँ नाफा कमाएका छन् । भदौं मसान्तसम्म बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.३१ प्रतिशतले बढी हो । गत वर्षको भदौ मसान्तसम्म बैंकहरुले १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका थिए । 

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौं मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको नाफा २० अर्ब २१ करोड रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६९ करोड, विकास बैंकहरुको नाफा एक अर्ब ६४ करोड र फाइनान्सहरुको नाफा ८७ करोड रुपैयाँ रहेको छ । 

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । भदौं मसान्तसम्म बैंकले एक अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो । त्यस्तै यस अवधिमा नेपाल बैंकले ६७ करोड ८२ लाख र राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । 

अर्ब क्लबमा पाँच बैंक 

सार्वजनिक तथ्यांक अनुसार चालु आवको भदौं मसान्तसम्म नबिलसहित पाँच बैंकले एक अर्ब भन्दाबढी नाफा कमाएको छन् । जसमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, ग्लोबल आईएमई र कुमारी बैंक रहेका छन् । 

ग्लोेबल आईएमईले चलु आवको भदौं मसान्तसम्म एक अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४१ करोड २८ लाख, हिमालयन बैंकले एक अर्ब १६ करोड ८१ लाख, कुमारीले एक अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

अन्य बैंकको नाफा 

यस अवधिमा नेपाल बैंकले ६७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टडले ६० करोड ६२ लाख र नेपाल एसबिआईले ५३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । 

त्यस्तै, एभरेष्ट बैंकले यस अवधिमा ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ५७ करोड ७५ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २५ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख, सिद्धार्थ बैंकले ६० करोड ५६ लाख र कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । 

त्यसैगरी यस अवधिमा सिटिजन इन्टरनेशनल बैंकले ५८ करोड ९८ लाख, प्राइम कमर्सियलले ९७ करोड ४६ लाख, एनएमबि बैंकले ७८ करोड २ लाख, प्रभु बैंकले ९१ करोड ३२ लाख र सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ ।

Advertisment

थप समाचार