काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२६ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गुडबिल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
Advertisment