काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने नयाँ ट्रेजरी जारी गर्न लागेको छ भने र १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिने, छ अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी मंसिर ८ गते, ९१ दिन अवधिको ट्रेजरी माघ ८ गते, १८२ दिन अवधिको ट्रेजरी २०८२ बैंशाख ९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ कात्तिक ४ परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि गत असोज २१ गते कार्यालयले १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment