Below Menu
Below Menu

प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज 

प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै इमेलसहितको सेवा दिने सीडाटा कम्युनिकेस र लाइफ नेटको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो ।

प्राधिकरणबाट २०७६ भदौ ३० मा अनुमति पाएको लाइफ नेट र २०७६ माघ १९ मा अनुमति पाएको सी डाटा कम्युनिकेसनले समयमा नै अनुमतिपत्र नवीकरण नगराएको र तोकिएको दस्तुर तिर्न अनिच्छा देखाएपछि नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २५ ९५० अनुसार इजाजतपत्र खारेज गरेको उल्लेख छ ।

प्राधिकरणले लाइफ नेटलाई भने सूचना प्रकाशित भएको ३० दिन भित्र नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष सम्पर्कमा आउन समेत भनेको छ । 

Advertisment

थप समाचार