Below Menu
Below Menu

एनएमबि बैंकको एक लाख २३ हजार कित्ता शेयर बिक्रीमा  

एनएमबि बैंकको एक लाख २३ हजार कित्ता शेयर बिक्रीमा  

काठमाडौ : एनएमबि बैंक लिमिटेडले संस्थापकहरुको नाममा कायम रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र  खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नको लागि तोकिएको समयमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको हो । 

बैंकको  शेयर खरिद गर्न चाहने अन्य व्यक्तिले ७ दिन भित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्ने छ । 

Advertisment

थप समाचार