Below Menu
Below Menu

हिमालयन क्यापिटलले ७ प्रतिशत लाभांश दिने, कात्तिक २८ गते बोलायो साधारणसभा 

हिमालयन क्यापिटलले ७ प्रतिशत लाभांश दिने, कात्तिक २८ गते बोलायो साधारणसभा 

काठमाडौं : हिमालयन क्यापिटलले ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो  । 

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते बुधबार साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा हुनेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश प्रस्ताव पारित गर्नेछ । 
 

Advertisment

थप समाचार