Below Menu
Below Menu

स्वास्थ्य बीमा वापत साढे ५८ अर्ब भुक्तानी, पहिलो त्रैमासमा पठायो सवा तीन अर्ब 

स्वास्थ्य बीमा वापत साढे ५८ अर्ब भुक्तानी, पहिलो त्रैमासमा पठायो सवा तीन अर्ब 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा वापतको सवा तीन अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले प्रथम दाबी भुक्तानी वापत ३ अर्ब २१ करोड ५७ लाख ७४ हजार ८७७ रुपैयाँ पठाएको हो । 

गत असोज ११ गतेको बोर्डको निर्णयअनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा प्रथम पटकको भुक्तानी पठाएको हो ।

गत वर्षमा मात्रै बोर्डले सवा १३ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । बोर्डले २०८०/८१ को असार मसान्तसम्म छैठौंँ पटक गरी १३ अर्ब १६ करोड ९ लाख ४३ हजार १६ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

हालसम्म बोर्डले स्वास्थ्य बीमा बापतको साढे ५८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५८ अर्ब ७४ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३६१ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।

Advertisment

थप समाचार