काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ रुपैयाँ थियो । उक्त नाफा बढेर चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ पुगेको हो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । आसोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । यस्तै संचालन नाफा १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड ७४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
३६ अर्ब १२ करोड ८७ लाख चुक्ता पुँजी रुपैयाँ रहेको बैंकको जगेडा तथा कोषमा २६ अर्ब ८० करोड ९० लाख रुपैयाँ छ ।
बैंकको निक्षेप संकलन ५.२३ प्रतिशतले बढेर ५ खर्ब १२ अर्ब ९४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७.५५ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ३५ करोड ८७ लाख १४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा ४.६७ प्रतिशत पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।
Advertisment