काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ब्याज आम्दानी र खुद शुल्क तथा कमिसन बढेसँगै नाफा बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणेयोग्य नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको जगेडा कोष र निक्षेप बढे पनि कर्जा लगानी भने घटेको छ । बैंकको खराब कर्जा अनुपात बढेर ४.९४ प्रतिशत पुगेको छ।
Advertisment