Below Menu
Below Menu

अर्बपति क्लबमा एनएमबी बैंक, कस्तो छ वित्तीय अवस्था ?

अर्बपति क्लबमा एनएमबी बैंक, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं : एनएमबि बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक वर्षको तुलनमा करिब १९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद मुनाफा १९ प्रतिशतले बढेपनि खुद ब्याज आम्दानी करिब ११ प्रतिशतले घटेर १ खर्ब ९९ अर्ब पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड छ। 

चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको बैंकको रिजर्भमा १० अर्ब ८६ करोड छ । त्यस्तै रिटेन अर्निंग १ अर्ब ६ करोड छ ।  यस अवधिमा बैंकको निक्षेप १० दशमलब १० प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६ अर्ब पुगेको छ। 

बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा छ भने प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ९५ पैसा छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ३ दशमलब ६३ प्रतिशत छ।

Advertisment

थप समाचार