काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापकहरुको नाममा कायम रहेको ८८ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं -१ नक्साल, नागपोखरी वा कुमारी बैंक प्रधान कार्यालय काठमाडौं, टंगालमा निवेदन पेश गर्न सक्नेछन् ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।
Advertisment