Below Menu
Below Menu

वाणिज्य बैंकहरुको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमाए सवा १६ अर्ब  

वाणिज्य बैंकहरुको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमाए सवा १६ अर्ब  

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले सवा १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।

असोज मसान्तसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.६३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा आइपुग्दा १३ वटा बैंकको नाफा बढेको छ भने सात बैंकको नाफा घटेको छ  । असोज मसान्त्सम्म आइपुग्दा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । गत वर्ष एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको असोज मसान्तसम्म आइपुग्दा ३९.९७ प्रतिशतले नाफा बढाएको छ । 

अर्ब क्लबमा आठ बैंक

उक्त वित्तीय रिपोर्ट अनुसार यस अवधिमा आठ बैंकले एक अर्ब भन्दा बढी नाफा कमाएका छन् । असोज मसान्तसम्म आइपुग्दा नबिल बैंकले दुई अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख, प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड ६७ लाख, एनएमबि बैंकले एक अर्ब १४ करोड ५६ लाख, एभरेष्टले एक अर्ब १२ करोड ७७ लाख, कुमारीले एक अर्ब ७ करोड ८१२ लाख र प्रभु बैंकले एक अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो ।

नाफा घटेका सात बैंक

चालु आवको असोज मसान्तसम्म आइपुग्दा सात बैंकको नाफा घटेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले घटेको छ ।

त्यस्तै हिमालयन बैंकको ३१.२२ प्रतिशत, माछापुच्छ्र्रेको ७.१९ प्रतिशत, सानिमाको १७.२७ प्रतिशत, सिटिजनको १२.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशत र एनआईसी एशिया बैंकको नाफा ८९.०६ प्रतिशतले घटेको हो ।

Advertisment

थप समाचार