Below Menu
Below Menu

नबिल बैंकको नाफा ३९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब पाँच अर्ब 

नबिल बैंकको नाफा ३९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब पाँच अर्ब 

काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले दुई अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले एक ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा बढेका कारण नाफामा वृद्धि भएको हो । यसका साथै बैंकको खराब कर्जा र इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा सुधार भएको हो ।

गत वर्षको असोज मसान्तसम्म चार अर्ब १७ करोड ३९ लाख रुपैयाँ रहेको बैंकको ब्याज आम्दानी घटेर चार अर्ब १४ करोड २ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै बैंकको सञ्चालन मुनाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा चार अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । 

असोज मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा घटेर १.४२ प्रतिशत पुगेको छ । गत वर्षको बैंकको एनपीएल १.५८ प्रतिशत रहेको थियो । गत वर्ष एक अर्ब ११ करोड रहेको इम्पेरिमेन्ट चार्ज घटेर ४५ करोड ७७ लाखमा झरेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष २१.३१ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर २९.८३ रुपैयाँ पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ ।


 

Advertisment

थप समाचार