प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारबाहीमा 

प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियमामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दैं चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट  मेगा बैंक रप्रभु बैंकलाई कारबाही गरेको हो । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंक खाता खोल्दारसञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएको भन्दैं नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार राष्ट्र बैंकले  सचेत गराएको छ।

त्यस्तै प्रभु बैंकले लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको छ । 

थप समाचार