काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गने बुक क्लोज गर्दैछ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।
लघुवित्तको कात्तिक ३० गते लिसरा रिसेप्सन्स, भवगतीबहाल, नक्सालमा साधारण सभा गर्दैछ । सभाले गत आर्थिक वर्ष २०८०/र८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीबाट एक जना निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र मर्जरका लागि योग्य देखिएका संस्थालाई सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका प्रस्ताव पारित गर्नेछ ।
साथै, कायम चुक्ता पुँजी १ अर्ब ४५ करोडमा बोनस सेयर जारी गरेर १ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने एजेन्डा पनि रहेको छ ।
Advertisment