Below Menu
Below Menu

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ 

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित थिए । 
 

Advertisment

थप समाचार