Below Menu
Below Menu

एलआईसी नेपाल र स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन 

एलआईसी नेपाल र स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । बिहिबार नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । 

यी दुई कम्पनीले लाभांश वितरण र हकप्रद निष्कासन प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ८८.१६८ प्रतिशत हकप्रद शेयर दिने भएपछि कम्पनीको शेयरमूल्य प्रतिशेयर १०१ दशलमव ८५ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार १ हजार ९८८ रुपैयाँमा भएको थियो । 

त्यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य ९४०.९२ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । संस्थाको अन्तिम कारोबार एक हजार ७५ रुपैयाँमा भएको थियो । 

आइतबार समायोजित मूल्यका आधारमा यी दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 

Advertisment

थप समाचार