Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकको ब्याजदर घट्यो, आजदेखि लागू हुने 

राष्ट्रिय सहकारी बैंकको ब्याजदर घट्यो, आजदेखि लागू हुने 

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । कात्तिक ९ गते अर्थात (आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा साधारण बचतमा न्यूनतम १.२५ प्रतिशत तोकिएको छ ।

विशेष बचतमा १.२५ प्रतिशत, सुपर बचतमा न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम २.५० प्रतिशतसम्म, एनसिबिएल समुन्नत बचत खातामा न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम २.१० प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा १.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यस्तै बैंकले अनिवार्य नियमित बचतमा ६ प्रतिशत, क्रमिक बचतमा न्युनतम ५.२५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत र मुद्दती निक्षेपमा ४ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

त्यस्तै, कर्जातर्फ बैकले ७ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ ।

त्यस्तै मुद्दती निक्षेपको बिड रेट ५.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने छ । अपाङग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ । साथै यस्तो सुविधा दोहोरो रुपमा प्रदान नगरिने समेत बैंकले उल्लेख गरेको छ ।
 

Advertisment

थप समाचार