Below Menu
Below Menu

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा

काठमाडौं : प्राइम कमर्सियल बैंकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने भएको हो ।

Advertisment

थप समाचार