काठमाडौं : सानिमा बैंक लिमिटेडले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले साधारणसभा र लाभांश प्रस्ताव पारित गर्न २५ गते बुक क्लोज गर्ने भएको हो । जसअनुसार कात्तिक २१ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
कात्तिक २२ गते सार्वजनिक विदा परेको छ भने २३ गते शुक्रबार र २४ गते शनिबार पर्ने हुँदा कात्तिक २१ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका हुन् ।
बैंकको साधारणसभा मंसिर ४ गते आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
Advertisment