Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार ३६ प्रतिशतले बढ्यो, सन नेपाल पुगेन अर्ब क्लबमा 

जीवन बीमा कम्पनीको व्यापार ३६ प्रतिशतले बढ्यो, सन नेपाल पुगेन अर्ब क्लबमा 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय ११ अर्ब रुपैयाँ बढेको देखिएको छ । 

गत भदौं मसान्तको तुलनामा असोज मसान्तसम्म ११ अर्ब ५ करोड तीन ९८ रुपैयाँ अर्थात ३६.७५ प्रतिशतले व्यवसाय बढाएका हुन् । असोज मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३३ लाख ३५ हजार ९९८ बीमालेख बिक्री गरी ४१ अर्ब आठ करोड एक लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

गत भदौंसम्म बीमा कम्पनीहरुले एक करोड ३४ लाख १२ हजार १३३ बीमालेख बिक्री गरी ३० अर्ब आठ करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । 

कम्पनीहरुले चालु आवको असोज महिनामा मात्रै ११ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले तीन लाख ९४ हजार ३६४ बीमालेख बिक्री गरी ११ अर्ब ५ करोड ९८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार असोज मसान्तसम्म कम्पनीले १६ लाख ४४ हजार २१९ बीमालेख बिक्री गरी ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ८७ हजार ७२३ बीमालेख जरी गरी एक अर्ब ४० करोड ५३ लाख रुपैयाँ बराबरको व्यपार गरेको छ ।

त्यस्तै नेशनल लाइफले चार अर्ब ९० करोड ५० लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले चार अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

त्यसैगरी असोज मसान्तसम्म मेट लाइफले एक अर्ब ४४ करोड २१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले दुई अर्ब तीन करोड ६८ लाख, आईएमई लाइफले एक अर्ब २१ करोड ४१ लाख र  सिटिजन लाइफले एक अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा अधिकांश कम्पनीको व्यापारमा उल्लेखनीय वृद्धि हुँदा नेपाल लाइफको व्यापार भने करोडमा सिमित भएको छ । असोज मसान्तसम्म कम्पनीले ८ लाख ३४ हजार ३३ बीमालेख बिक्री गरी ९३ करोड २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब २० करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले दुई अर्ब ४९ करोडको ९३ लाख र सानिमा रिलायन्स लाइफले एक अर्ब एक अर्ब ५७ करोड २२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार चालु आवको असोज मसान्तसम्म हिमालयन लाइफले चार अर्ब ३१ करोड १२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले एक अर्ब २४ करोड दुई लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार २२ करोड माथि 

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । असोज मसान्तसम्म कम्पनीहरुले चार लाख ३० हजार ४५० बीमालेख जारी गरी २२ करोड १३ लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले आठ करोड ७१ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले सात करोड ९७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले पाँच करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

Sponsored Advertisment

Advertisment

थप समाचार