Below Menu
Below Menu

मुनलाईट हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

मुनलाईट हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

काठमाडौं : मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लक्ष्मी सन्राइज क्यापिटलसँग सम्झौता गरेको छ । 

कम्पनीले एक अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरर्को  क करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो । 

उक्त सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् । 

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

Advertisment

थप समाचार