काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२१.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ५८ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२२.८९ प्रतिशत बढेको छ भने कुल आम्दानी १२२.६५ प्रतिशत बढेको छ ।
त्यस्तै प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा बढेर ५ रुपैयाँ ४४ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८२ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७२.६५ गुणा रहेको छ ।
Advertisment