काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
Advertisment