Below Menu
Below Menu

२८ हजार बीमितले त्यागे करिब चार अर्बका पोलिसी ! 

२८ हजार बीमितले त्यागे करिब चार अर्बका पोलिसी ! 

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा २८ हजार बढी बीमितले करिब चार अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा १४ जीवन बीमा कम्पनीका २८ हजार ५७ बीमितले तीन अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ४.८३ प्रतिशत अर्थात १७ करोड ६४ लाख रुपैयाँले बढी हो । गत वर्षको असोजसम्म २९ हजार १२० बीमितले तीन अर्ब ६४ करोड ८२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । असोजसम्म उक्त कम्पनीका सात हजार ७३१ बीमितले एक अर्ब २२ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।

त्यस्तै, नेपाल लाइफका छ हजार ५४६ बीमितले एक अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका दुई हजार ७४२ बीमितले २७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ६२ लाख रुपैयाँ बराबरको एक हजार ५५४ वटा, मेट लाइफको १० करोड ६३ लाख २९ हजार रुपैयाँको ९९५ वटा, एशियन लाइफको २४ करोड ८४ लाख रुपैयाँ बराबरको दुई हजार २७२ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको पाँच करोड ११ हजार रुपैयाँ बराबरको ४७० बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार असोजसम्म सन नेपाल लाइफको सबैभन्दा कम एक करोड ७७ लाख ११ हजार रुपैयाँ बराबरको १९३ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका ४८७ बीमितले दुई करोड ९८ लाख ४५ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफ नेपालका ५८८ बीमितले चार करोड ४९ लाख २७ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको १९ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ५७४ बीमालेख सरेन्डर भएका छन् ।

त्यसैगरी सानिमा रिलायन्स लाइफको सात करोड ७८ लाख रुपैयाँको ५३७ वटा, हिमालयन लाइफको १८ करोड २३ लाख रुपैयाँ बराबरको दुई हजार १४ वटा र प्रभु महालक्ष्मी लाइफको चार करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको ३५४बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

Advertisment

थप समाचार