काठमाडौं : हालसम्म सात वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा, प्राइम कमर्सियल, ग्लोबल आइएमई र सिटिजन इन्टरनेशनल बैंक रहेका छन् । बैंकहरुले न्युनतम ४ प्रतिशतदेखि २५.५० प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् ।
नबिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत, प्राइम कमर्सियल बैंकले ५ प्रतिशत र सानिमा बैंकले ५.२६६२ प्रतिशत नगद लाभांश दिने भएका छन् ।
त्यसैगरी ग्लोबल आईएमई बैंकले ४ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै सिटिजन बैंकले ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतित लाभांश दिने भएको छ ।
एभेरष्ट बैंकले गत आवको मुनाफाबाट १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद रहेको छ । बैंकको प्रस्तावित लाभांश साधारणसभाले पारित गरिसकेको छ ।
त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
Advertisment