काठमाडौं : नेपााल राष्ट्र बैंकका अनुसार सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने वित्तीय उपकरणलाई सरकारी ऋणपत्र भनिन्छ । यस्तो ऋणपत्रको निष्कासन र व्यवस्थापन नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्दछ ।
हाल नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्न ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र गरी चार प्रकारका उपकरण प्रयोगमा ल्याएको छ । यी उपकरणमध्ये ट्रेजरी बिल्स र विकास ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था, अन्य सङ्गठित संस्था र नेपाली नागरिकहरूबाट ऋण परिचालन गरिन्छ भने नागरिक बचतपत्रमार्फत बचतमा प्रोत्साहन गर्ने उद्देश्यले सबै नेपाली नागरिक र गैरआवासीय नेपालीहरूबाट ऋण परिचालन गरिन्छ ।
यसै गरी, वैदेशिक रोजगारीमा रही विप्रेषण आय प्राप्त गर्ने नेपाली नागरिक र निजका एकाघर परिवारका सदस्य तथा गैरआवासीय नेपालीहरूलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने गरिएको छ ।
Sponsored Advertisment