लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  

काठमाडौं : ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको हाे । जसअनुसार मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेछ । 

थप समाचार