सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाले कात्तिक २५ गते आइतबार, बुकक्लोज गर्दैछन्। भोली (कात्तिक २२ गते) बिहीबार, छठको बिदा परेको  छ । 

जु अनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र यी दुई कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकको सधारणसभा मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको साधारण्सभा मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे शुरु हुनेछ।

सभाले १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

थप समाचार