सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजारले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजारले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार