सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार