Below Menu
Below Menu

नेप्से परिसूचक ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

नेप्से परिसूचक ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

काठमाडौं : आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ०.२९ अंकले घटेर २६७७.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३ कम्पनीको शेयरमूल्य घटेको  छ । त्यस्तै आज ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै बारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाचँ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

हाइड्रोपावर सबैभन्दा धेरै ४.२६ प्रतिशत बढेको छ त्यस्तै बैंकिङ १.६२, विकास बैंक २.७१, फाइनान्स २.४८, होटल तथा पर्यटन ०.९६, लगानी २.५६, जीवन बीमा २.१६, उत्पादन २.३२, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा १.९५, अन्य २.५२ तथा व्यापार समूह १.१५ प्रतिशतले बढेको छ ।

आज सानिमा जिएलसी इन्स्योरेन्स लिमिटेड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । भने सानीमा ग्रोथ फण्डको शेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ। 

Advertisment

थप समाचार